महाकुलुङको बुङमा योगदान राष्ट्रको लागिले आयोजना गर्यो प्राथमिक उपचार तालिम
सोलुखुम्बु। सोलुखुम्बु जिल्लाको महाकुलुङमा दुईदिने नि:शुल्क प्राथमिक स्वास्थ्य उपचार तालिम सम्पन्न भएको छ।

योगदान राष्ट्रको लागि नामक संस्थाको सोलुखुम्बु शाखाद्वारा गाउँपालिकाको वडा नं १ बुङमा आयोजित सो तालिम शनिबार सम्पन्न भएको हो।
शुक्रबार उद्घाटन गरिएको सो तालिममा शिक्षक,प्रहरी,विद्यार्थी र स्थानीय गरि ४० जनाको सहभागिता रहेको योगदान राष्ट्रको लागि सोलुखुम्बुका जिल्ला अध्यक्ष दुर्गाप्रसाद राईले जानकारी दिए।सहभागीहरुलाई ओमप्रसाद उप्रेतीले प्राथमिक स्वास्थ्य उपचारका बिषयमा प्रशिक्षण प्रदान गरेका थिए।
१ नं वडाध्यक्ष पर्खीधन राईको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
काठमाडौंमा केन्द्रीय कार्यालय र ७७ वटै जिल्लामा शाखा रहेको सो संस्थाले प्राथमिक उपचारको अभावमा कुनै पनि नेपाली नागरिकले मृत्युवरण गर्नु नपरोस् भन्ने उद्देश्यका साथ यस बिषयमा प्रशिक्षण प्रदान गर्दै आएको छ।
संस्थाले सोलुखुम्बुमा भने यस किसिमको प्रशिक्षणको आयोजना गरिएको पहिलोपटक भएको जिल्ला अध्यक्ष राईले जानकारी दिए।

