टोपबहादुर पुत्र सन्दीप रायमाझी पक्राउ



काठमाडौँ।पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । नक्कली शरणार्थी बनाएर ठगी गर्ने प्रकरणमा जोडिएका सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो।सोही प्रकरणमा पूर्बमन्त्री रायमाझीबिरुद्ध पनि आजै पक्राउ पुर्जी जारी भएको छ।

सोही प्रकरणमा प्रहरीले आजै तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई र उपराष्ट्रपति कार्यालयका सचिब टेकनारायण पाण्डेलाई पक्राउ गरेको छ।
प्रहरीको अनुसन्धानमा भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ नेपालीसँग १० देखि ५० लाखसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको हो ।

गिरोहका सदस्यले रायमाझीका छोराका नाममा काटेको डेढ करोडको चेक पनि प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्