मिटरब्याज बिरुद्ध कानुन निर्माणका लागि सरकारलाई बाटो खुल्ला
काठमाडौं ।मिटरब्याजपीडितहरुको समस्या समाधानका लागि आवश्यक कानुन निर्माणका लागि सरकारलाई बाटो खुल्ला भएको छ। मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि भनिएको अध्यादेश जारी भएसंगै सरकारलाई आवश्यक कानुन निर्माण गर्न बाटो खुल्ला भएको हो।

बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८० जारी गरेका छन्।मंगलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलवार नै राष्ट्रपतिसमक्ष मिटरब्याजी पीडितको समस्या समाधान गर्न मिटरब्याजीसँग सम्बन्धित समस्यालाई कानूनी रूप दिन अध्यादेश पठाउने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद् बैठकले मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि आवश्यक कानुन बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो।

