रास्वपाको उता सानदार जीत,यता जमानत जफत
काठमाडौं । चितवन-२ र तनँहु-१ मा सान्दार बिजय हांसिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भने जमानत पनि जोगाउन सकेन। बैशाख १० सम्पन्न उपनिर्वाचनमा रास्वपा उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ ।

निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ ।
उपनिर्वाचनमा ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएका छन् । जमानत जोगाउन ६ हजार ८२० मत चाहिन्थ्यो । तर रास्वपा उम्मेदवार खरेलले २ हजार ८२९ मत मात्रै पाएका छन् । यससँगै खरेलको जमानत जफत भएको छ ।

