ढल्यो एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार
दाङ ।एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ । सोमवार बिहान ११ बजे बसेकाे प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री लिला गिरीले बिश्वासको मत प्राप्त गर्न नसकेपछि त्यहाँको सरकार ढलेको हो।

८७ सदस्यीय प्रदेशसभामा गिरीको पक्षमा ३३ मतमात्र परेको थियो।आवश्यक ४४ मतमा उनले एमालेका २९ र राप्रपाका ४ प्रदेशसभा सदस्यको मतमात्र पाएका थिए ।मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका छन् ।
माओवादी लगायतका दलले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक व्यवस्था अनुसार विश्वासको मत लिन लिएका हन् ।

