बारा-२ मा मतगणना सुरु हुंदै, गणनास्थल पुर्याईए मतपेटीका
काठमाडौं।बारा क्षेत्र नम्बर २ को मतगणनाको तयारी सुरु भएको छ । सर्वदलीय/सर्वपक्षीय बैठकको निर्णयानुसार बैठकको निर्णय अनुसार शिक्षा तालिम केन्द्र, कलैयामा मतगणना सुरु हुने गरी तयारी अघि बढाईएको हो ।

आज बिहान ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको थियो । झन्डै डेढ घण्टा ढिलो गरी मतपेटिका गणनास्थलमा लगिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि अशोक चौधरीले जानकारी दिए।प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत यहाँ आइतबार मतदान भएको थियो । हिजो रातिदेखि नै मतगणनाको तयारी गरिए पनि वर्षा र हावाहुरीका कारण सम्भव नभएको बताइएको छ ।
आइतबार भएको उपनिर्वाचनमा करिब ६३ प्रतिशत मतदान भएको छ । यस क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादव, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल, नेकपा एमालेका पुरुषोत्तम पौडेललगायत प्रतिस्पर्धामा रहेका छन् । जनमत पार्टीले भने मतगणना लाईभ गर्नुपर्ने माग गर्दै आएको छ।

