थुलुङ दुधकोशी : अध्यक्ष राईले गरे नेलेमा आयुर्वेद औषधलाय भवनको उद्घाटन
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकाको नेलेमा निर्मित अत्याधुनिक आयुर्वेद औषधालय भवनको उद्घाटन गरिएको छ ।

थुलुङ दुधकोशी गाउँपालिकाको समन्वयमा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयद्वारा निर्मित सो भवनको सोमबार आयोजित एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष अशिम राईले उद्घाटन गरेका हुन। १ करोड ७१ लाखको लागतमा सो भवन कुंवर डेभ्लोपर्सले निर्माण सम्पन्न गरेको हो।सम्झौता अवधी भन्दा निकै अघि निर्माण सम्पन्न गरेकोमा कम्पनी र कम्पनीका स्थानीय प्रतिनिधि गोरे मगरलाई धन्यवाद दिंदै अध्यक्ष राईले जिम्मेवारीबोधसहित काममा लाग्ने हो भने जुनसुकै योजना पनि समयमै सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरण आयुर्वेद भवन भएको बताए ।
खानपानका कारण पछिल्लो समय रोगब्याधीहरुको आक्रमण बढ्दै गएको बेला आयुर्वेदिक उपचार प्रभावकारी हुने बिश्वास व्यक्त गर्दै उनले बैध्धसहितको जनशक्ति रहेको नेलेमा योगशिक्षाका लागि समेत जनशक्ति थप गरेर जानुपर्ने आवश्यकता औंल्याए।आगामी बजेटमा ब्यबस्था गरेर योग शिक्षालाई समेत यही भवनबाट सन्चालन गर्ने सोच आफुले बनाईरहेको अध्यक्ष राईको भनाई थियो ।

