अक्सिजन सिलिन्डर विस्फोट हुंदा ललितपुरमा दुई जनाको मृत्यु, ६ जना घाइते



काठमाडौँ।ललितपुरस्थित पाटन औद्योगिक क्षेत्रको सगरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान १० बजे अक्सिजन सिलिन्डर विस्फोट हुँदा प्लान्टमा कार्यरत भारत पश्चिम चम्पारम जिल्ला रतनपुरुवा गाँउका ४५ बृज महतो र भारत घर भई ललितपुर महानगर–१८ बस्ने २५ वर्षीय राजकुमार महतो मृत्यु भएको हो । बृजको घटनास्थलमै र राजकुमारको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए ।

अक्सिजन सिलिन्डर विस्फोटबाट ६ जना घाइते भएका छन् । घाइते हुनेमा पर्सा घर भई लुभु चागाथली बस्ने ४३ वर्षीय रमेश अधिकारी, ललितपुर महालक्ष्मी नगरपालिका–८ की ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्दनपुरका २२ वर्षीय ईश्वर बजगाईं, ओखलढुंगा घर भई ललितपरपुर महानगर–१५ महालक्ष्मी बस्ने २० वर्षीया अञ्जना पौडेल र चन्द्रागिरि नगरपालिका–२ दहचोकका ४९ वर्षीय गंगा शर्मा छन् । घाइते सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेको एसपी शाहले बताए ।(सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्