विश्व हिन्दू परिषद नेपाल आज १० औं स्थापना दिवस मनाउंदै




राजाराम दास,काठमाण्डौ । विश्व हिन्दू परिषद नेपालको स्थापना दिवस विविध कार्यक्रम गरि देशभर मनाउने भएको छ । १० औं स्थापना दिवसको अवसर पारेर आज देशभर शोभायात्रा, दिप-प्रज्जवलन तथा भजन–सत्संग लगायतका कार्यक्रमहरु आयोजना गरी मनाउन लागिएको परिषदले जनाएको छ।

विश्व हिन्दू परिषद नेपालको स्थापना विक्रम सम्वत २०६८ सालमा श्रीराम नवमीको दिन भएको थियो । सोही दिन देखि विश्व हिन्दू परिषद्ले श्रीराम नवमीलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउंदै आएको छ ।

परिषदले विगतका वर्ष झै यस वर्ष पनि काठमाण्डौ, पोखरा, वीरगंज, जनकपुर, सिरहा, सप्तरी, रुपन्देही, कपिलवस्तु लगायतका विभिन्न स्थानहरुमा शोभायात्रा, दिप—प्रज्जवलन तथा भजन सत्संग लगायतका कार्यक्रमहरु योजना गरी स्थापना दिवस तथा श्रीराम जन्मोत्सव कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्