अध्यक्ष राईले गरे जिल्लाकै ठुलो खेल मैदानको उद्घाटन, आजबाट अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता हुने




सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा आजबाट अध्यक्ष रनिङ शिल्ड प्रतिगिता सुरु हुने भएको छ।

सो प्रतियोगितासंगै मुक्लीमा निर्माण गरिएको प्रदेशस्तरिय खेल मैदानको गाउँपालिका अध्यक्ष अशिम राईले शनिबार मुक्लीमा उद्घाटन गरेका हुन् । जिल्लाकै ठुलो दावी गरिएको खेलमैदानको ग्राउन्ड बनाउने तथा ग्याभिङको काम सकिएसँगै उद्घाटन गरिएको हो । कर्भडहल, सुईमिङ पुल, प्याराफिट लगायतका संरचनाहरु निर्माण निर्माण हुन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।

३२ रोपनी क्षेत्रफलमा निर्माणाधिन उक्त खेलमैदानको डिपीआर १६ करोडमा तयार गरिएको जनाइएको छ ।कार्यक्रममा उपाध्यक्ष सविता राई, विभिन्न वडाका जनप्रतिनिधि लगायत स्थानीयको बाक्लो उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्