लिखुपिके एमालेले सर्बसम्मत गर्‍यो सबै उम्मेदवारको सिफारिस, गाउँपालिका अध्यक्षमा कार्की



सोलुखुम्बु। नेकपा एमाले लिखुपिकेले बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि सर्बसम्मत रूपमा उम्मेदवारहरु सिफारिस गरेको छ।

शनिबार बसेको लिखुपिके गाउँपालिका कमिटीकाे तेस्रो पुर्ण बैठकले अध्यक्ष,उपाध्यक्ष र वडाध्यक्षसहित सदस्यका उम्मेदवारहरु सर्बसम्मत सिफारिस गरेको हो।बैठकले गाउँपालिका अध्यक्षमा पाेष्ट कुमार कार्की र उपाध्यक्षमा सुष्मा लामा शेर्पालाई जिल्ला कमिटीमा सिफारिस गरेको हो।

त्यसैगरी वडा नं १ को वडा अध्यक्षमा गेल्जे शेर्पा (बुलडाँडा),वडा नं २ को वडाध्यक्ष तेज बहादुर बस्नेत (विनाेद), वडा नं ३ को वडाध्यक्षमा राम बहादुर बस्नेत,वडा नं ४ को वडाध्यक्ष हिक्मत बहादुर बस्नेत र ५ नं वडाध्यक्ष साेनाम शेर्पालाई उम्मेदवारका रूपमा सिफारिस गरिएको एमाले लिखुपिकेले जनाएको छ।

अध्यक्षमा सिफारिस कार्की ०५४ सालको स्थानीय तह निर्बाचनमा तत्कालीन चौंलाखर्क गाबिसका पूर्ब अध्यक्ष हुन्।उनी नेकपा एमाले प्रदेश कमिटी सदस्य समेत हुन्।

प्रतिक्रिया दिनुहोस्