माओवादी केन्द्रका केन्द्रदेखि वडातहसम्मका २५० नेता कार्यकर्ता एमालेमा प्रवेश

बुटवल।माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसाल सहितका केन्द्रदेखि वडातहसम्मका
२५० जना नेता कार्यकर्ता एमाले प्रवेश गरेका छन् ।

नेत्री भुसालसहितका नेता कार्यकर्तालाई एमाले सचिव छविलाल विश्वकर्मा, स्थायी समिति सदस्य मणि थापा, पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने लगायतले एमालेमा स्वागत गरेका छन् । नेत्री भुसालसहित २५० जना माओवादीबाट एमालेमा प्रवेश गरेका एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार जिल्ला सदस्य भुसाल, नेता नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुसाल दिपु, जिल्ला सदस्य कृष्ण नेपाली, नेता नारायणप्रसाद भुसाल, जिल्ला सदस्य मुुमबहादुर कुँवर, जिल्ला सल्लाहकार युवराज पोखरेल लगायत छन् ।

