गठबन्धनको पक्षमा कांग्रेस सभापति शेर्पाले हस्ताक्षर गरेपछि तीन पदाधिकारीले निकाले अर्को वक्तव्य



केदार बस्नेत सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेलजाङवु शेर्पाले स्थानीय निर्वाचनमा गठबन्धन गर्ने भन्दै गठबन्धनकारी दलहरूसंग संयुक्त बिज्ञप्तिमा हस्ताक्षर गरेपछि तीन पदाधिकारीले छुट्टै अर्को बिज्ञप्ति जारी गरि त्यसप्रति तीब्र बिरोध जनाएका छन् ।सत्तागठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरुसंगै शुक्रबार सभापति शेर्पाले गठबन्धनको पक्षमा संयुक्त बिज्ञपति जारी गरेका थिए।त्यसबिरुद्ध कांग्रेस जिल्ला कार्यसमितका उपसभापतिद्वय फुदोर्जी शेर्पा, घनराज सुनुवार र सचिव युवराज घिमिरेद्वारा जिल्लाको ८ वटै स्थानीय तहमा कांग्रेस गठबन्धन गर्ने पक्षमा नरहेको भन्दै अर्को प्रेस वक्तव्य जारी गरेका छन्।

कांग्रेसका नेताहरुको द्वय निर्णय सभापति शेर्पाले गठबन्धन गरिने र तीन पदाधिकारीले गठबन्धन नहुने भन्ने विषयले कांग्रेस सोलुखुम्बुको राजनीति दुई धारमा विभाजित भएको बुझिएको छ।जिल्लाका नेता तथा कार्यकर्ताहरू सामाजिक सञ्जालमा गठबन्धन गर्नुपर्छ र गर्नुपर्दैन भन्ने विषयमाथि प्रहार भै रहेका छ्न।

प्रतिक्रिया दिनुहोस्