र्यापर बालेनपछि अर्का कलाकारले गरे काठमाडौं महानगरको मेयरको दावी

काठमाडौं।कलाकार तथा निर्माता भुवन केसीले आगामी स्थानीय तह निर्बाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्ने भएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट उम्मेदवारी दिने सुरुको उनको चाहना पूरा नभएपछि केसीले उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाडौंको मेयरमा प्रतिस्पर्धा गर्न लागेका हुन् । उनको चुनाव चिन्ह किताब हुने बताइएकाे छ ।
यसभन्दा अगाडि र्यापर बालेन साहले मेयरमा उठ्ने घाेषणा गरिसकेका छन् ।

