टिकटका कारण धादिङ कांग्रेसमा कुटाकुट,गाउँपालिका अध्यक्ष नै घाइते

धादिङ ।धादिङमा स्थानीय तहको निर्वाचनका लागि टिकटका विषयमा विवाद हुँदा नेपाली कांग्रेसका नेताबीच कुटाकुट भएको छ।हात हालाहाल हुँदा नेपाली कांग्रसका नेता तथा खनियावास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ घाइते भएका छन्।

तर उनको अवस्था सामान्य रहेको धादिङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जागेश्वर भण्डारीले जानकारी दिए। उनका अनुसार घटना मंगलबार रातिको हो।
पक्राउ परेका व्यक्तिको नाम भने केही बेरपछि उपलब्ध गराउने उनले बताएका छन्।आक्रमणबाट गाउँपालिका अध्यक्ष तामाङको अनुहारमा चोट लागेको छ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। त्यसका लागि राजनीतिक दलहरू प्रचार अभियानका साथै उम्मेदवार चयनमा केन्द्रित भइरहेका छन्।

