निर्बाचन आयोगसंग प्रतिपक्षी दलहरूको तीब्र आक्रोश



काठमाडौं।स्थानीय तह निर्वाचनको आचारसंहिताका विषयमा निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको भएको बैठकमा केहि दलहरूले तीब्र आक्रोश व्यक्त गरेका छन् ।
जबरजस्ती प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लगाएको भन्दै कान्तिपथस्थित आयोगको कार्यालय मा सम्पन्न बैठकमा केही राजनीतिक दलहरुले निर्बाचन आयोगप्रति आक्रोश व्यक्त गरेका हुन्। उनीहरुले सत्ता गठबन्धनको दबाबको आफूहरुलाई जबरजस्ती हस्ताक्षर गर्न लगाइएको भन्दै बैठकमै होहल्ला गरेका हुन्।

आचार संहितालाई विभिन्न राजनीतिक दलहरुसँगको छलफलपछि पूर्णता दिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका थिए।

छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोजेको थियो। तर छलफलमा सहभागी केही दलले भने जबरजस्ती प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न लागाइएको आरोप लगाएका हुन्। ‘आचारसंहितामा हस्ताक्षर गर्न मात्रै हामीलाई बोलाइयो। त्यो कसरी बन्यो, त्यसको छलफलमा भने बोलाइएन। त्यतिबेला समावेश नगरिएकोमा हामीले विरोध जनाएका हौं,’ सहभागी एक नेताले भने।

उनले आचारसंहिता दलहरुले मान्ने र निर्वाचनमा भाग लिने पनि दलहरुले नै भएको हुँदा आफूहरुले हस्ताक्षर गर्ने निर्वाचन आचारसंहितामा के छ भनेर छलफल गर्न पाउनुपर्ने माग गरे। छलफलका लागि स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई बोलाइएको आयोगले जनाएको छ । वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ।

प्रतिक्रिया दिनुहोस्