पाङ्बोचेमा काङ्ग्रेसको टोल कमिटी गठन




खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पासाङल्हामू गाउँ पालिका- ४ पाङ्बोचेमा नेपाली काङ्ग्रेसको टोल कमिटी गठन भएको छ ।

‘घरघर जाउ, काँग्रेस जिताउ’ अभियान लिएर निस्केको टोलिले दोस्रो दिन पाङ्बोचेमा अन्तरक्रिया कार्यक्रम गरी टोल कमिटी गठन गरेको छ ।

आङ छुल्डिम शेर्पाको अध्यक्षतामा ३१ सदस्यीय टोल कमिटी र पासाङ शेर्पाको नेतृत्वमा ३ सदस्य सल्लाहकार समिति गठन भएको छ ।
टोल कमिटीमा आङ छुल्डिम शेर्पा अध्यक्ष ,कर्मा छिरिङ शेर्पा उपाध्यक्ष छेवाङल्हामू शेर्पा र सोनामफुटी शेर्पा सचिब ,फुडोमा शेर्पा सह सचिव ,सोनाम ओङगेल शेर्पा सह सचिव रहनेगरी टोल कमिटी गठन भएको थियो। त्यसैगरी पासाङ शेर्पा को नेतृत्वम ती सदस्यीय सल्लाहकार समिति पनि गठन भएको गाउँपालिका कमिटीका सचिव समेत रहेका प्रबक्ता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

टोल कमिटी नेपाली काङ्ग्रेस खुम्बु पसाङ ल्हामू गाउँपालिका ४ नम्बरका वडा सभापति पासाङ दावा शेर्पा ,गाउँपालिका कमिटीका सचीव पासाङ शेर्पा , ४ नम्बर वडा कमिटीका सचिव फुटासी शेर्पा र ३ नम्बर वडा कमिटीका सचिव कामी दोर्जी शेर्पाको उपस्थितिमा कमिटी गठन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्