उच्च अदालतका ८७ जना न्यायाधीशहरूको सरूवा



काठमाडौं। उच्च अदालतका ८७ जना न्यायाधीशहरूको सरूवा भएको छ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा आज (बुधबार) बसेको बैठकले ८७ जना न्यायाधीशहरुको सरुवा गरेको हो।

परिषद्‌को बैठकले सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय समेत गरेको छ। यस्तै, काठमाडौं उपत्यका विकास प्राधिकरणले दिएको आदेश उपर पुनरावेदन सुन्ने पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्री महेश शर्मा पौडेललाई तोक्ने, भूकम्पबाट प्रभावित संरचनाको पुन:निर्माण सम्बन्धी पुनरावेदन समितिको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्न नेपाल सरकार समक्ष सिफारिश गर्ने निर्णय पनि बुधबारको बैठकले गरेको छ।

यस्तै, श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर, ओखलढुङ्गा इजलासका न्यायाधीश बासुदेव आचार्यलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने, वैदेशिक रोजगार न्यायाधीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर, वीरगंज इजलासका न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्न नेपाल सरकारलाई सिफारिश गर्ने निर्णय भएको छ।

राजश्च न्यायाधिकरण पोखराको कानुन सदस्य एवम् अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद राजभण्डारीलाई तोक्न नेपाल सरकारलाई परामर्श दिने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्