सोलुखुम्बु : माओवादी केन्द्रले तोक्यो आठवटै स्थानीय तहमा इन्चार्ज
सोलुखुम्बु। नेकपा माओवादी केन्द्रले सोलुखुम्बुको आठ स्थानीय तहमा इन्चार्ज तोकेको छ ।

माओवादी केन्द्र प्रदेश नं १ को बैठकले सोलुका आठ नेतालाई पालिका इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो ।सोलुखुम्बुका स्थानीय तहमध्ये नेचासल्यानको इन्चार्जमा केशर बहादुर राई, लिखुपिकेमा गाउँपालिका अध्यक्ष समेत रहेका डम्बर बहादुर बस्नेत९शान्त०, थुलुङ दुधकोशीमा घनश्याम नेपाली र खुम्बु पासाङल्हामु गाउँपालिकाको इन्चार्जमा नाम्गेल शेर्पालाई तोक्ने निर्णय गरिएको छ।
त्यस्तैगरि, गणेश कुमार राई ९बसन्त०ले माप्य दुधकोशी इन्चार्जको जिम्मेवारी पाएका छन् भने सोलुदुधकुण्ड नगरपालिकामा दावा तेन्जी लामा, महाकुलुङमा दीप कुलुङ र सोताङमा मदन राईलाई माओवादीको इन्चार्जको जिम्मेवारी दिने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।

