सिटोमोलको सहज ब्यबस्थामिलाउन सरकारलाई सर्बोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सरकारलाई सिटामोलको सहज व्यवस्था गर्न आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले तत्काल सिटामोलको सहज व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको हो ।

“हाल कोभिडको प्रकोप कायम रहेको अवस्थामा सोको उपचारको लागि आवश्यक पर्ने अति सामान्य र महत्वपूर्ण औषधि सिटामोलरप्यारासिटामोल देशभरिका अस्पताल तथा औषधि पसलहरूमा पर्याप्त मात्रामा सहज आपूर्ति हुन नसकेको सन्दर्भमा नागरिकहरूको स्वास्थ्य सम्बन्धी मौलिक हकको व्यवहारिक प्रचलन गराउन वाञ्छनीय देखिएको हुँदा सबै तहका सरकारहरूबीच समन्वय गरी हालको अवस्थामा स्वास्थ्य सिटामोलरप्यारासिटामोल लगायतका अन्य औषधिहरूको तत्काल सहज वितरणको विशेष प्रबन्ध मिलाउनु भनी विपक्षीहरूको नाउँमा यो आदेश जारी गरिदिएको छ,” सर्वोच्चको अन्तरिम आदेशमा भनिएको छ ।
साथै सर्वोच्चले नेपाल सरकारबाट औषधिको सहज वितरणबारे भए गरेका काम कारबाहीहरूको विवरणको प्रतिवेदनसहित माघ १७ गते महान्यायाधिवक्ता कार्यालयलाई छलफलका लागि बोलाएको छ ।

