रेबिज इम्युनोग्लोबुलिन औषधि मंसिर ५ गतेदेखि देशभरका ९ वटा अस्पतालबाट उपलब्ध गराइने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार मंसिर ५ गतेदेखि रेबिज इम्युनोग्लोबुलिन औषधि देशभरका ९ वटा अस्पतालबाट उपलब्ध गराउन लागिएको जानकारी गराएको छ।

बिहीबार मन्त्रालयमा आयोजित एक पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडाले रेबिज सार्न सक्ने जनावरले टोकेका गम्भीर बिरामीलाई दिइने सो औषधि अब सातैवटा प्रदेशमा दिइने जानकारी गराएका हुन। उक्त औषधी सेवा आगामी आर्थिक वर्षदेखि आवश्यकता र औचित्यका आधारमा सबै जिल्ला विस्तार गरिने पनि मन्त्री खतिवडाले बताए ।

रेबिज इम्युनोग्लोबिन सेवा अबदेखि
कोशी अस्पताल, विराटनगर, जनकपुर अस्पताल, धनुषा, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, नारायणी अस्पताल, विरगन्ज, भरतपुर अस्पताल, विरगन्ज, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी, लुम्बिनी अस्पताल, बुटवल र सेती प्रादेशिक अस्पताल धनगढीबाट प्राप्त गर्न सकिने मन्त्रालयले जनाएको छ।

रेबिजका कारण नेपालमा प्रतिवर्ष १५ देखि ३६ जनासम्मको मृत्यु भइरहेको मन्त्रालयकोत तथ्याङ्क छ । यसअघि उक्त औषधि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु अस्पतालबाट मात्रै वितरण गरिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्