नेकपा मालेको आठौं महाधिवेशन चितवनमा हुने



चितवन । नेपाल कम्यनिस्ट पार्टी (माले)को आठौँ केन्द्रीय महाधिवेशन आगामी कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणीकला मन्दिरमा हुने भएको छ ।

महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक दिनानाथ घिमिरेले दिएको जानकारी अनुसार कात्तिक २७ गते दिउँसो १ बजे महाधिवेनशको उद्धघाटन हुनेछ । यस्तै, २८ गते पार्टीका ८ वटा दस्ताबेजमाथि छलफल र २९ गते नेतृत्व चयनसहित पार्टीका २० वटा विभागका पदाधिकारीसहित सदस्यहरूको चयन गरिनेछ ।

महाधिवेशनमा देशभरबाट ३५० जना प्रतिनिधि सहभागी हुने बताइएको छ । यसअघिको महाधिवेशन जस्तै आठौँ महाधिवेशनमा ७५ सदस्यीय केन्द्रीय कमिटी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्