पांच दलको गठबन्धन सरकार रहुँन्जेल हो, कांग्रेस एक्लै चुनाबमा जान्छ : महामन्त्री कोइराला



काठमाडौं।नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले महामन्त्री कोइरालाले आगामी निर्बाचनमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन् ।

सरकार रहुन्जेल यो गठबन्धन कायम रहने बताउंदै सिन्धुलीमा मंगलबार आयोजित एक कार्यक्रममा महामन्त्री कोइरालाले सो कुरा बताएका हुन् ।उनले आगामी निर्वाचनमा भने कांग्रेस एक्लै चुनावमा जाने स्पष्ट पारे।

कांग्रेस महाधिवेशन तोकिएकै समयमै सम्पन्न हुने जिकिर गर्दै महाधिवेशन नभए पार्टीको अस्तित्व नै संकटमा पर्ने बताए।

उनले भने, ‘अब फेरि कुनै पनि बहानामा महाधिवेशनको मिति सार्ने छुट कसैलाई छैन। समयमा महाधिवेशन नभए पार्टीको अस्तित्व माथि नै प्रश्न उठ्छ।’

यतिबेला कार्यकर्ताको ध्यान महाधिवेशनमा भएको र आफूले सभापतिमा उम्मेद्वारी दिने महामन्त्री कोइरालाको भनाइ थियो। आफू बीपी पुत्र भएकाले सभापतिको दरिलो उम्मेद्वार आफू नै भएको उनको जिकिर छ।

उनले नेपालमा एमसीसी आवश्यक भएको भन्दै संविधान अनुरुप नै छिट्टै दुईतिहाइ बहुमतका साथ सदनबाट सरकारले एमसीसी पास गर्ने समेत खुलासा गरे।

प्रतिक्रिया दिनुहोस्