प्रधानन्यायाधीशविरुद्ध किन शुरु गरियो आन्दोलन? यस्तो छ वरिष्ठ अधिबक्ता बालकृष्ण न्यौपानेको तर्क
काठमाडौं।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले भारतीय र युरोपियन युनियनका मान्छेहरूलाई नेपाली नागरिकता दिने काम बन्द गरेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध आन्दोलन सुरु गरिएको आरोप लगाएका छन् ।

नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरुले राजीनामा माग गर्दै प्रदर्शन गरिरहेका बेला अखण्ड नेपाल हिन्दु अधिराज्य पुनःस्थापना (याली तथा विरोधसभालाई माईतीघरमा सम्बोधन गर्दै वरिष्ठ अधिबक्ता न्यौपानेले सो आरोप लगाएका हुन्।
न्यौपानेले सत्तामा भाग खोज्ने प्रधानन्यायाधीश जबराले भन्दा पहिलो त्यसमा भाग दिने प्रधानमन्त्री शेरबहादुर देउवाले पदबाट राजीनामा दिनुपर्ने तर्क गरे । उनले सत्ताको भाग दिने प्रधानमन्त्री देउवाको राजीनामा किन माग नगरेको भनेर कानुन व्यवसायीहरुलाई प्रश्न समेत गरेका थिए।

