प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र गर्नेहरूलाई ठाउँका ठाउँ कालोमोसो दल्ने चेतावनी



काठमाडौं।जनताको आयोग महा–अभियानुले न्यायालय अवरुद्ध गर्ने र जनतालाई न्याय पाउनबाट बञ्चित गर्नेहरूलाई जहाँ भेट्यो त्यही कालो मोसो दल्ने चेतावनी दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध षड्यन्त्र भइरहेको बताउंदै महाअभियानले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर त्यस्तो चेतावनी दिएको हो। महाभियानले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सम्भव नदेखेपछि अहिले दबाव सिर्जना गरेर राजीनामा गर्न लगाएर हटाउने षड्यन्त्र गरेको आरोप समेत लगाएको छ।

प्रधानन्यायाधीशविरुद्ध षड्यन्त्र भइरहेको र त्यसलाई कुनैपनि हालतमा सफल हुन नदिने महाभियानले बताएको छ ।

महाअभियान कार्यसमितिकी अध्यक्ष तारा बरालले बेन्च बहिष्कार गर्ने न्यायाधीशहरूले राजीनामा दिनुपर्ने बताइन् । उनले नेपालको न्यायिक इतिहासमा प्रधानन्यायाधीश जबरालेजस्तो उल्लेखनीय काम अरू कसैले पनि गर्न नसकेको दाबीसमेत गरिन् ।

प्रतिक्रिया दिनुहोस्