कांग्रेसले डाक्यो केन्द्रीय समिति बैठक
काठमाण्डौ। सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आउँदो कात्तिक २८ गते आइतवार बस्ने भएको छ ।

कार्यसमितिको बैठक ललितपुरको सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकमा कांग्रेसको चौधौँ महाधिवेशन सम्बन्धमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिमा कार्यसमितिको बैठक बस्ने भएको हो ।

