नेचासल्यान : नेकपा एमाले १ नं वडा कमिटीको अधिबेशन सम्पन्न

सोलुखुम्बु ।नेकपा एमाले नेचासल्यान गाउँपालिका वडा नं-१ कमिटीको अध्यक्षमा प्रभुराम कार्की चयन भएका छन् ।

शनिबार सम्पन्न १ नं वडा अधिबेशनले कार्कीलाई सर्बसम्मत रूपमा अध्यक्ष चयन गरेको एमाले नेचासल्यान गाउँपालिका अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए।३१ सदस्यीय वडा कमिटीको उपाध्यक्षमा जगत बहादुर बस्नेत,सचिवमा कल्पना राई र उपसचिवद्वयमा रामकाजी थापा मगर र फुरकाजी शेर्पा शेर्पा रहेको बताईएको छ।

नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष समेत रहेका नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बांस्तोलाले उद्घाटन गरेको सो अधिबेशनले राष्ट्रिय युवा संघको १ नं वडा कमिटी समेत गठन गरेको छ।
११ सदस्यीय सो कमिटीको अध्यक्षमा खेम बहादुर मगर, उपाध्यक्षमा शान्ता राई, सचिबमा ललित राई तथा उपसचिवद्वयमा केशर मगर र पेमदावा शेर्पा रहेको बास्तोलाले बताए ।

