सोलुखुम्बुप्रति समर्पित सुमधुर गीत ‘बिश्वको शीर सगरमाथा’ लोकार्पित(भिडियो सहित)

काठमाडौं।सोलुखुम्बुका श्रष्टाहरुको शृजनामा रहेको ‘बिश्वको शीर सगरमाथा’ को लिरिकल भिडियो लोकार्पण गरिएको छ।

शम्भु खड्का ‘मौसम’को रचनामा जसिहाङ राईको संगीत तथा राई र मुना खड्काको स्वरमा रहेको सो गीतको लोकार्पण आइतबार राजधानीमा नेपाली कांग्रेस सोलुखुम्बुका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले गर्नुभएको हो।रचनाकार खडका र संगीतकार राई नेचासल्यान र गायिका खडका थुलुङ दुधकोशी गाउँपालिकाकी हुन्।गीतमा जिल्लाकै मौलिकता र सुन्दरताको बर्णन गरिएको छ।
प्रमुख अतिथिका रूपमा गीतको लोकार्पण गर्दै वरिष्ठ उद्द्मीसमेत रहेका नेता कार्कीले आफुले बिश्वका आधिकांश देशहरूको भ्रमण गरेपनि सोलुखुम्बु जस्तो सुन्दरस्थल अन्यत्र कहिँ नदेखेको चर्चा गर्दै गीत संगीतको माध्यमबाट यसको अझ बिश्वब्यापी प्रचार गर्नसके समग्र क्षेत्रको पर्यटन प्रबर्द्धनमा यसले प्रभावकारी भूमिका निर्बाह गर्ने धारणा राख्नुभयो। ‘बिश्वको शीर सगरमाथा’ ले सोलुखुम्बुको चिनारीलाई अझ व्यापक बनाउने अपेक्षा समेत वहाले गर्नुभयो।
सगरमाथालाई बिश्वले चिनेपनि पर्यटन बिकासको प्रचुर सम्भावना बोकेको सोलुखुम्बुको दक्षिणी भेग ओझेलमा परेको गुनासो गर्दै कार्कीले रमणीयस्थलको प्रचार र पूर्बाधारको बिकाससंगै त्यसक्षेत्रलाई पर्टकीय गन्तव्यका रूपमा बिकास गर्ने जिम्मेवारी युवापुस्तामा आएको बताउनुभयो।

आफुसंग त्यसका लागि प्रशस्त योजना रहेको दावी गर्दै कार्कीले जिल्लाको बिकास र स्थानीयको आर्थिक समृद्धिका लागि योगदान गर्नुपर्छ भन्ने सोचेरै पछिल्लो समय बढी भन्दा बढी समय आफु जिल्लामै कृयाशील हुनथालेको स्पष्ट पार्नुभयो।तर ब्यक्ति एक्लैले केहि गर्न सकिंदैन,कार्कीले भन्नुभयो-‘यसलाई कार्यान्वयनको स्तरसम्म पुर्याउन युवाबर्गको सहयोग अपरिहार्य छ।’
पर्यटन ब्यबसायी मिङमा शेर्पा, विद्यार्थी नेताद्वय भुपेन्द्र कटेल,कुमार कटेल,समाजसेवी सुजन राई,लोकदोहोरी प्रतिष्ठान सोलुखुम्बुका अध्यक्ष शिखर गजरकोटेले शुभकामना मन्तव्य व्यक्त गरेको कार्यक्रमको सन्चालन अर्का विद्यार्थी नेता दिनराज बास्तोलाले गरेका थिए। रचनाकार खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लोकार्पित गीतका बिषयमा संगीतकार राईले प्रकाश पारेका थिए। सो गीत गाउँले इन्टरटेन्मेण्टमार्फत आजै युटुब च्यानलबाट रिलिज समेत गरिएको छ।

