जोन्सन एन्ड जोन्सनको खोप आजदेखि



अमेरिकी कम्पनी जोन्सन एन्ड जोन्सनले बनाएको कोरोनाविरुद्धको खोप लगाउने कार्यक्रम आजबाट नेपालमा सुरु हुँदैछ । अमेरिकाले यो खोप नेपाललाई अनुदानमा दिएको हो ।

अमेरिकाले अनुदानमा दिएको १५ लाख ३४ हजार ८ सय ५० डोज खोप यसअघि २८ असारमा नेपालमा ल्याइएको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपांगताको क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई लगाउने सरकारको नीति रहेको छ । काठमाडौं उपत्यकामा मात्र यो खोप ४४ खोप केन्द्रमा लगाइने छ । यो खोप ६ गतेसम्म लगाइने भएको हो ।

प्रतिक्रिया दिनुहोस्