प्रधानमन्त्री देउवालाई बिश्वासको मत दिने जसपा ठाकुर समूहको निर्णय
काठमाडौं। बिभाजनको संघारमा रहेको निर्वाचन जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएका छन्।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गरेका जसपा अध्यक्ष महन्थ ठाकुर नेतृत्वका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिने भएका हुन्।
जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले २० सांसदसहित देउवालाई विश्वासको मत दिने निर्णय लिइसकेका छन्। जसपा सांसद शरतसिंह भण्डारीले प्रधानमन्त्री देउवाले आफूहरुले उठाएको माग मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएकोले विश्वासको मत दिन लागेको बताए ।

