आजबाट प्रतिनिधिसभा बैठक सुरु हुँदै , यस्तो छ कार्यसूची



काठमाडौँ।सर्बोच्च अदालतले दोश्रो पटक संसद पुनस्थापना गरेपछिको प्रतिनिधि सभाको पहिलो बैठक आजबाट सुरु हुंदैछ।

संघीय संसद सचिवालयका अनुसार अपरान्ह ४ बजे बस्ने बैठकको सुरुमा सभामुख अग्नि सापकोटाले राष्ट्रपति कार्यालयले पठाएका प्रतिनिधि सभाको अधिवेशन आह्वान र मन्त्रिपरिषद बैठकबारेको पत्र पढेर सुनाउने कार्यसूचि रहेको छ।

त्यसपछि बैठकको अध्यक्षता गर्ने सदस्य र निधन भएका पूर्व सांसद तथा संविधानसभा सदस्यको शोक प्रस्ताव पारित गरेर बैठक स्थगित हुने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले शनिबार प्रकाशित गर्नुभएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्