प्रदेश २ : माओवादी केन्द्र आजबाट सरकारमा सहभागी

काठमाडौं। नेकपा माओवादी केन्द्र आजबाट प्रदेश २ सरकारमा सहभागी भएको छ।

जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको प्रदेश सरकारमा नेकपा माओवादी लाई सरकारमा सहभागी गराउन जसपाबाट मन्त्री रहेका ज्ञानेन्द्र कुमार यादव र राज्यमन्त्री सरोज कुमार कुशवाहाले शुक्रबार राजीनामा दिएपछि रिक्त आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा माओवादी संसदीय दलका नेता भरत प्रसाद साह र राज्यमन्त्रीमा रुबी कर्ण नियुक्त भएका हुन।
मुख्यमन्त्री लालबहादुर राउत ले नियुक्त गरेका मन्त्री र राज्यमन्त्रीलाई शनिबार नै प्रदेश नं.२ को प्रदेश प्रमुख राजेश झा अहिराजले मधेस भवनमा प्रदेश शनिबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।
त्यसैगरि नवनियुक्त आन्तरिक मामिला तथा संचार राज्यमन्त्री रुवी कुमारी कर्णलाई प्रदेश प्रमुख झाको उपस्थितिमा मुख्यमन्त्री राउतले सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण समारोहमा सभामुख सरोज कुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश, प्रमुख सचिव लगायत प्रदेश सरकारका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

