किन गरिएन राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ?, यस्तो छ शितल निवासको स्पष्टीकरण



काठमाडौं ।राष्ट्रपतिको कार्यालयले कोरोना भाइरसको जोखिमलाई मध्यनजरमा राखेर नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथ ग्रहण राष्ट्रपतिको कार्यालय शितल निवासमा नगरिएको जनाएको छ ।

शुक्रबार साँझ एक विज्ञप्तिमार्फत राष्ट्रपतिको कार्यालयले सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै गत वैशाख ५ गते नै प्रधानन्यायाधीशबाट हुने शपथ सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाका लागि पत्राचार गरिएको समेत जनाएको छ ।

“महान्यायाधिवक्ताको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०५२ को परिच्छेद ५ को दफा २१ मा महान्यायाधिवक्ताले आफ्नो पदको कार्यभार सम्हाल्नु अघि सम्माननीय प्रधानन्यायाधीश समक्ष पद तथा गोपनियताको शपथ गर्नु पर्ने व्यवस्था रहेकोछ,” विज्ञप्तिमा भनिएको छ, “विगतमा महान्यायाधिवक्ता लगायत संवैधानिक अङ्गका पदाधिकारीहरूको शपथ ग्रहण सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुँदै आएकोमा कोभिड९१९ विश्वव्यापी महामारीको अवस्थासमेतलाई मध्यनजर गरी यस कार्यालयबाट सम्माननीय राष्ट्रपतिज्यूको समुपस्थितिमा हुनुपर्ने भनी व्यवस्था भएकोमा बाहेक सम्माननीय प्रधान न्यायाधीशज्यूबाट शपथ ग्रहण गराउने पदाधिकारीको शपथ ग्रहण श्री सर्वोच्च अदालतबाटै आयोजना हुने व्यवस्थाको लागि मिति २०७८र१र५ मा पत्राचार गरिएको हो ।”

प्रतिक्रिया दिनुहोस्