देशले धान्नै नसक्ने संघीयताको औचित्य समाप्त भएको कमल थापाको भनाई



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पछिल्लो राजनीतिक घटनाक्रमका कारण संघीयताको औचित्यमाथि नै प्रश्नचिन्ह खडा भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष थापाले लुम्बिनी, कर्णाली र गण्डकीमा विकसित राजनीतिक घटनाक्रमका कारण संघीयतामाथिको औचित्वमाथि नै प्रश्न खडा भएको बताएका छन् ।
उनले भनेका छन्, ‘लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमले संघियताको औचित्य माथि फेरि एकपटक प्रश्नचिन्ह खडा गरेको छ ।’

साथै उनले प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइनु अमर्यादित र असंवैधानिक भएको टिप्पणी गरेका छन् । देशले धान्नै नसक्ने र अनावश्यक संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने विचार थापाले व्यक्त गरेका छन् ।

उनले अघि भनेका छन्, ‘प्रदेशसभा जिवित नै रहेको अवस्थामा अध्यादेशबाट बजेट ल्याउनु गलत, अमर्यादित र असंवैधानिक छ । देशले धान्नै नसक्ने र अनावश्यक संघिय संरचनाबारे पुनर्विचार गरौंं

प्रतिक्रिया दिनुहोस्