जुर्यो प्रधानमन्त्री देउवाको बालुवाटार सर्ने साइत

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार सर्ने भएका छन् । देउवा शुक्रबार बिहान ९ः५७ को साइत निकालेर प्रधानमन्त्री निवास बालुवाटार सर्न लागेको देउवानिकट स्रोतले जानकारी दिएको छ ।

२९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा अहिले आफ्नै निवास बूढानीलकण्ठमा बस्दै आएका छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ३० गते बालुवाटार छाडेका थिए ।
पाचौँ पटक प्रधानमन्त्रीका रुपमा देउवा बालुवाटार प्रवेश गर्न लागेका हुन् ।

