चट्याङ लागेर धान रोपिरहेका दुई महिलाको मृत्यु




उदयपुर । चट्याङ लागेर उदयपुरमा दुई महिलाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा त्रियुगा नगरपालिका ४ बगहाकी ३९ वर्षीया ललिता सदा र त्रियुगा नगरपालिका ३ ठाडीकी ३० वर्षीया फूलकुमारी सदाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

मङ्गलवार दिउँसोखेतमा धान रोपिरहेका बेला चट्याङ लागेर घाइते भएका दुई महिलाको उपचारका क्रममा जिल्ला अस्पतालमा ज्यान गउको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० बेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्