फैसलाका मतियारहरु इतिहासको कठघरामा उभिनु पर्ने इश्वर पोखरेलको भनाई

काठमाडौँ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले ट्वीट गर्दै अदालतको फैसलाले मुलुकमा राजनीतिक अस्थिरताको बीजारोपण भएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले अदालतको आजको फैसलामा असहमति राख्दै यो फैसलामा संलग्न सबै मतियारहरूले जुनसुकै पगडी लगाएपनि इतिहासको कठघरामा उभिनुपर्ने उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने संवैधानिक इजलासले राजनीतिक फैसला गरेको निष्कर्षमा आफूहरू पुगेको बताए । इजलास गठनमा न्यायधीशहरू छनौट गरेको बेलादेखि प्रश्न उठेको भन्दै थापाले शेरबहादुर देउवा बाहेकका अन्य रिट निवेदनमा सुनुवाई नभएको टिप्पणी गरेका छन् । यसबाहेक पनि सोही विषय सम्बन्धमा परेका ३० रिट निवदेनमा सुनुवाई नभएको भन्दै थापाले यो फैसलाको संवैधानिक र कानुनी आधार, स्वतन्त्र न्यायपालिकाको गरिमा र मुलुकको पद्धति भत्काउने र त्यसको जवाफदेही न्यायपालिका हुनुपर्ने उल्लेख गरेका छन् ।

