चालकको लापरबाहीका कारण नेचासल्यानका दिपेन्द्रको गोठगाउंमा गयो ज्यान



सोलुखुम्बु। नेचासल्यान गाउँपालिका वडा नं ४ का दिपेन्द्र जमरकटेलको सवारी दुर्घटनामा परी निधन भएको छ।

बिराटनगर( कांकरभिट्टा चल्ने भुल्केदेवी यातायातमा यात्रारत जमरकटेलको गाडीबाट खसेर आइतबार सांझ मोरङको सुन्दर हरैंचा(७ गोठगाउंमा निधन भएको जम्मरकट्टेल बंश एकता प्रतिष्ठान बिराटनगरका महासचिव थिर कट्टेलले जानकारी दिनुभयो।जम्मरकटेलको शव अहिले कोशी अञ्चल अस्पताल बिराटनगर नगरमा राखिएको छ।

कांकरभिट्टाका लागि छुटेको को१ख ७८२९ नम्बरको गाडीका चालकको लापरबाहीका कारण सो घटना घटेको स्थानीयको आरोप छ।केहिदिन अगाडीमात्र कामको खोजीका लागि बिराटनगर पुगेका दिपेन्द्र गाडीको ढोकाबाट उछिटिएर भुंइमा बजारिन पुगेका थिए।घाइते उनको अस्पतालमा निधन भएको हो।

गाडीका चालक पथ्री शनिश्चरे(९ का दिपक रेग्मी ढोलीबिरुद्द प्रहरीमा किटानी जाहेरी दिने तयारी भइरहेको महासचिव कटेलले बताउनुभयो।जाहेरी पछि शब पोष्टमार्टमको काम अघि बढ्ने उहाँको भनाई छ।

प्रतिक्रिया दिनुहोस्