भारी बर्षाले काठमाडौं जलमग्न

काठमाडौं, २६ असार । भारी वर्षाका कारण काठमाडौंका विभिन्न ठाउँ डुबानमा परेका छन् । प्रहरीका अनुसार बानेश्वर, मैतीदेवी, घट्टेकुलो, माइतीघरलगायतका क्षेत्र डुबानमा परेका हुन् ।

अविरल वर्षाका कारण निकास नपाउँदा पानी सडकमै जम्मा हुँदा यातायात आवागमनमा समस्या पैदा भएको छ । डुबान क्षेत्रमा पानी निकासको काम भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए । डुबान क्षेत्रका अन्य तथ्यांक लिने काम जारी रहेको उनको भनाइ छ ।

