ललितपुरको महानगरसभा आज पनि अवरुद्ध



ललितपुर महानगरपालिकाको जारी महानगरसभा बैठक माओवादी केन्द्र र एमालेबाट निर्वाचित वडाध्यक्षहरुले फेरि बहिष्कार गरेका छन् । शंखमुलस्थित यल्लो दरबार पार्टी प्यालेसमा आज दिउँसोबाट पुनः सञ्चालन भएको बैठकमा उनीहरुको अनुपस्थिति रहेको हो ।

गत बिहीबार स्थगित नगरसभा आज फेरि मेयर चिरीबाबु महर्जनको आतिथ्यमा डाकिएको छ । आजको बैठकमा उपमेयर गीता सत्याललगायत नेपाली काँग्रेस निकट वडाध्यक्ष र सदस्यसहित ५०-५५ जनाको मात्र उपस्थिति रहेपछि कोरम नपुगेको भन्दै भोलि दिउँसो १२:३० बजेलाई सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्