माओवादीबाट एमाले प्रवेश गरेका दुई मेयर र पांच उपमेयरसहित १४ जनप्रतिनिधिको गयो पद

काठमाडौं।नेकपा माओवादी केन्द्र छाडी नेकपा एमाले प्रवेश गरेका दुई जना मेयर पाँच जना उपमेयरसहित १४ स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ।

१४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो।
माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो। माओवादीले आयोगलाई दिएको दल त्यागको जानकारीका आधारमा आयोगले सुचना प्रकाशन गरेको हो।


