संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त

काठमाडौं । संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, महिला आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गर्नु भएको हो ।
संवैधानिक परिषद्ले वैशाख २७ गतेको सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ बिना नै नियुक्त गरिएको हो ।
संवैधानिक परिषदले सिफारिस गरेपछि पदाधिकारीको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको अवस्थामा सिधै नियुक्ति भएको हो ।
संवैधानिक निकायमा नियुक्ती पाउने को को ?
अख्तियार दुरूपयोग अनुसन्धान आयोग
डा.हरि पौडेल, आयुक्त
डा.सुमित्रा श्रेष्ठ व्यान्जू, आयुक्त
लोकसेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य
निर्वाचन आयोग
सगुनशम्शेर जबरा, सदस्य
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिनराज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य
राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग
सूर्यबहादुर गुरुङ, सदस्य
मधेसी आयोग
आभा कुमारी, सदस्य
थारु आयोग
उमाशङ्कर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य
मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य


