प्रदेशसभा सदस्यद्वय राजभण्डारी र बस्नेतको पहलमा फाप्लु अस्पताललाई २ करोड ३५ लाख बजेट

सोलुखुम्बु ।प्रदेश न.१ सरकारले सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुलाई अक्सिजन प्लान्ट निर्माणका लागि १करोड ५० लाख रुपैयाँ बिनियोजन गरेको छ।

सोलुखुम्बु जिल्लाबाट निर्बाचित प्रदेशसभा सदस्य तथा नेकपा (एमाले )प्रदेश नं १ का प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी र अर्का सांसद उत्तम बस्नेतको पहलमा सो रकम बिनियोजित भएको अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष एबम् जिल्ला समन्वय समितिका संयोजक बीरकुमार राईले जानकारी दिए।
राईका अनुसार चालु आर्थिक बर्षको बजेटमा प्रदेश सरकारले अस्पतालमा आईसियु संचालनका साथै उपकरण खरिदका लागि पनि ८५ लाख रुपैयाँ बिनियोजन गरेको छ।
स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने जिल्लाबासीको चाहनामा यो बजेटले थोरै भएपनि इट्टा थप्ने काम गरेको बताउंदै समन्वय समिति प्रमुख तथा अस्पताल ब्यबस्थापन समिति अध्यक्ष राईले प्रदेश सभा सदस्यद्वय राजभण्डारी र बस्नेतलाई धन्यवाद व्यक्त गरेका छन् । (फाईल फोटो)

