महाकुलुङ : पात्ले गाउँका ८५ परिवारलाई राहत बितरण

होमनाथ खत्री
सोलुखुम्बु ।सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाका १ का ८५ घरपरिवारलाई राहत प्रदान गरिएको छ ।

जिल्लाको अति पिछडिएको क्षेत्र गाउँपालिकाको पात्ले गाउँका ८५ घरमा प्रति परिवार ३० केजिको एक बोरा चामल,१ केजि दाल,१पोका तेल,चार पोका नुन प्रदान गरिएको स्थानीय संगीता खड्काले जानकारी दिनुभयो ।

स्थानीय समाजसेवी गङगाबहादुर खड्का र रामबहादुर बस्नेतको पहलमा जापानबाट स्टेफिल्पिङ्को आर्थिक सहयोगमा शनिबार राहत बितरण गरिएको हो । निषेधाज्ञाको कारण रोजगारी समेत गुमेका स्थानीयहरु राहत पाएपछि हर्षित भएका छन ।

