गोकर्णेश्वर नगरपालिकाले सिन्धुपाल्चोक बिपत्तिमा ५ लाख सहयोग गर्ने

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले सिन्धुपाल्चोकलाई ५ लाख रुपियाँ दिने घोषणा गरेको छ ।
गत मंगलबार राती आएको बाढीले सिन्धुपाल्चोक प्रभावित भएको छ । बाढीले धेरै घर र वस्ती भत्काएको छ भने नागरिकहरु घरवारविहीन भएका छन् । नगरपालिकाका मेयर सन्तोष चालिसेले बुधवार नै छिमेकी जिल्लालाई अप्ठेरो परेको बेला सहयोग गरिएको बताए । नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले फेसबुकमार्फत सहयोग गरिएको स्पष्ट पारेका छन् । ‘पीडित नागरिकहरुको दुःख पीडालाई आफ्नै पीडा सम्झेर विपतको घडीमा धैर्य धारण गर्ने र सुरक्षित स्थानमा रहन अनुरोध गर्दै छिमेकी गोकर्णेश्वर नगरपालिकाको तर्फबाट पाँच लाख रुपैंया बराबरको आवश्यक सहयोग अर्पण गर्दछौं’ रिसालले फेसबुकमा लेखेका छन् ।
मेयर चालिसेले विपद्को यो घडीमा नगरपालिकाले सबैभन्दा पहिले सक्रियता देखाएको बताए । उनले पीडित नागरिकको सहज व्यवस्थापनका लागि सरकार र सरोकारवाला निकायसँग आग्रह गरेका छन् । सिन्धुपाल्चोकलाई सहयोगको घोषणा गर्ने यो नगरपालिका सबैभन्दा पहिलो स्थानीय तह हो ।


