नि:शुल्क एमबीबीएस र प्राविधिक शिक्षा पढाउने गाउँपालिकाको घोषणा



ताप्लेजुङ ।जिल्लाको सिरिजङ्गा गाउँपालिकाले चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई निःशुल्क पढाउने घोषणा गरेको छ। गाउँपालिको नवौँ गाउँसभाले बिहीबार एमबिबिस पढाउने घोषणा गरेको हो।

वर्षमा एमबिबिएस अध्ययनको लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ।

विद्यार्थीले पढाई सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्नपर्ने गाउँपालिकाले शर्त राखेको छ। ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक–एक जना सर्बोत्कृष्ट विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ।

प्रतिक्रिया दिनुहोस्