सुदूरपश्चिम प्रदेश : नेपाल समूहले गर्‍यो ओली पक्षीय ७ सांसदलाई निलम्बन



धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले ह्वीप उल्लंघन गरेको भन्दै केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ।

माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन ह्वीप जारी गरेको थियो । तर ओली पक्षका ७ जनाले विपक्षमा मत दिएपछि दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।

सोमबार बसेको दलको बैठकले उनीहरुमध्ये केहीलाई ७ र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको प्रमुख सचेतक दुर्गा विकले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्