विदेशीसामू निर्लज्ज लम्पसार परेको आफ्नो कर्म र इतिहास सम्झिन पाँच पूर्ब प्रधानमन्त्रीलाई मिश्रको आग्रह

काठमाडौँ। पाँच पूर्व प्रधानमन्त्रीहरूले शनिबार एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक राजनीतिमा बाह्यशक्तिको हस्तक्षेप स्वीकार्य नहुने बताएपछि विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उनीहरूलाई विदेशीसामू निर्लज्ज लम्पसार परेको आ-आफ्नो कर्म र इतिहास सम्झिन आग्रह गरेका छन् ।

मिश्रले सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट गर्दै लेखेका छन् ,-राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हष्तक्षेपको पीर पर्यो ? भन्दै यी ५ प्रमले विदेशीसामू लम्पसार परेको आ-आफ्नो इतिहास संझिउन्।
यिनले स्वाभिमान साथ काम गरिदिएको भए आज नेपालको शीर यति झुकेको हुने थिएन। राजदूतका सामू थरथर काँप्ने यिनलाई बल्ल विदेशी हष्तक्षेपको पीर पर्यो? अरुलाई खाने बाघले आफूलाई नि खान्छ भन्ने बुझिदिएको भए यो स्थिति आउने थिएन कि ?’

