ज्ञानेन्द्र शाही माथि आक्रमण गर्ने जो सुकै भए पनि कारबाही गर्नुपर्ने कांग्रेस प्रबक्ता शर्माले माग

काठमाडौं।नेपाली कांग्रेसका प्रबक्ता बिश्वप्रकाश शर्माले ज्ञानेन्द्र शाहि लगायतका युवामाथि सुर्खेतमा भएको आक्रमण निन्दनीय रहेको बताउंँदै दोषी जो भएपनि तिनलाई कार्वाही गरेर यस्तो प्रवृत्ति निरुत्साहित गर्न जरुरी रहेको बताएका छन् ।

कसैको विचार या कर्मसंग असहमत हुने अधिकार भएपनि असहमतिका नाममा भौतिक आक्रमणको छुट कसैलाई नभएको शर्माको टिप्पणी छ। कानुन र लोकतान्त्रिक चेतले भौतिक आक्रमण निन्दनीय भएको उनको भनाई छ।
राहत बांड्न सुर्खेत पुगेका भ्रष्टाचार बिरोधि अभ्यान्ता शाही सहित अन्य युवाहरूमाथि शुक्रबार राती सुर्खेतमा आक्रमण भएको थियो।


