राहत बांड्न सुर्खेत पुगेको भ्रष्टाचार बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीमाथि आक्रमण

काठमाडौं।निषेधाज्ञाको समयमा संकटमा परेका सर्बसाधारणलाई राहत बितरण गर्न सुर्खेत पुगेको सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहमाथि आक्रमण भएको छ ।

जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
शाहीले सामाजिक सन्जालमा आफूसहित राजेश महत, कृष्ण पान्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् ।

